Section 45
पुरस्कार दिने
(१) सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको सुराक लगाई उजूरी गरी तत्सम्बन्धी अनुसन्धान वा अन्य सबुत प्रमाण सड्ढलनमा सहयोग पु¥याउने कुनै पनि व्यक्तिलाई कसूर प्रमाणित भई कायम भएको बिगो रकमको दश प्रतिशत वा दश लाखमध्ये जुन घटी हुन्छ सो बराबरको रकम पुरस्कार स्वरुप दिइनेछ । (२) उपदफा (१) बमोजिमको व्यक्ति एक भन्दा बढी भएमा दामासाहीका दरले त्यस्तो रकम दिइनेछ ।